इजिप्टमा पूर्व सेना प्रमुख अब्दुल अल फत्ताह अल सीसी राष्ट्रपतिमा निर्वाचित

जेष्ठ २१ । इजिप्टमा पूर्व सेना प्रमुख अब्दुल अल फत्ताह अल सीसी राष्ट्रपतिमा निर्वाचित भएका छन् । गत हप्ता सम्पन्न राष्ट्रपतिय निर्वाचनमा विजयी भएको औपचारिक घोषणा लगत्तै सीसीले मुलुकमा स्थायित्व पूनर्वहाली गर्न जनतासंग अपील गरेका छन् । आफु स्वतन्त्रता र सामाजिक न्यायको पक्षमा रहेको सीसीको भनाई थियो ।
अब काम गर्ने समय आएको भन्दै सीसीले आपसी सहकार्य र समन्वयबाट मुलुकलाई सम्वृद्ध पारिने बताए । इजिप्टको निर्वाचन आयोगले सीसील ९६ दशमलब ९ प्रतिशत र उहांका एक मात्र प्रतिस्पर्धी हाम्दिन साबाहीले ३ दशमलब १ प्रतिशत मत प्राप्त गरेको जनाएको छ । धेरै जसो समुहहरुले बहिष्कार गरेको निर्वाचनमा ४७ प्रतिशत मात्र मतदान भएको थियो ।
मुलुकको पहिलो जननिर्वाचित राष्ट्रपति मोहम्मद मुर्सी विरुद्ध प्रदर्शन चर्किपछि सीसीले उहालाई अपदस्थ गर्नु भएको छ । त्यस यता इजिप्टको सेना समर्थित अन्तरिक सरकारले मुर्सीको मुश्लिम ब्रदरहुडका १४ सय कार्यकर्ता मारिएको , १६ हजार पक्राउ परेको र ६ सय भन्दा बढीलाई मृत्युदण्डको सजाय सुनाएको छ । AGENCIES