जेष्ठ २२ । बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना भइरहेको जी ७ को सम्मेलनमा युक्रेन विवादमा केन्द्रिंत भएको छ । सम्मेलनमा अमेरिका र जर्मनीले रुसको खुलेर आलोचना गर्नुका साथै युक्रेनलाई आर्थिक र राजनैतिक रुपमा सहयोग गर्ने बचन दिएका छन् ।
सम्मेलनको शुरुमै बोल्दै जर्मन चान्सलर एन्जेला मर्केलले रुसले क्राइमिया कब्जा गरेको घटना आफूहरुलाई सह्य नभएको भन्दै युक्रेनको सम्प्रभुताको उलंघन भएकाले रुसमाथि थप प्रतिबन्ध लगाउने बताएकी छन् ।
यसअघी पोल्याण्ड पुग्नु भएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी राष्ट्रपति भ्लादिरमीर पुटिनको कदम निकै नै घृणित भएको बताए । जी ७ का अन्य राष्ट्रका प्रतिनिधिहरुले पनि युक्रनेप्रति रुसको नीति गलत सावित गर्दै रुसको साथ छोड्ने बचन दिएका छन् ।
यता जी ७ राष्ट्रका प्रमुखहरुको भनाईप्रति प्रतिक्रिया दिंदै रुसी राष्ट्रपति भ्दादिमीर पुटिनले हिम्मत भए ठोस कदम चाल्न चेतावनी दिएका छन् । फ्रेन्च टेलिभिजनसगको साक्षात्कारमा पुटिनले रुसले युक्रेनको मामिलामा चालेको कदम सही भएको बताउंँदै अन्य राष्ट्रहरुको चासोको बिषय नभएको स्पष्ट पारे । पूर्व निर्धारित कार्यक्रम अनुसार जी ७ सम्मलेन रुसको सोची शहरमा हुनपर्नेमा रुससंगको चिसोपनका कारण बेल्जियममा आयोजना गरिएको हो । Agencies