जेष्ठ २४ । ब्राजिलको साओ पाओलो सहरमा मेट्रो रेल सेवाका कर्मचारीहरुको विरोध प्रदर्शनका कारण यातायात व्यवस्था अस्तब्यस्त भएको छ । कर्मचारीको हडतालका कारण करिब आधा मेट्रो स्टेसन बन्द भएका छन् ।
ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाओलोका सडकमा २ सय किलोमिटरसम्म जाम लागेको बीबीसीले जनाएको छ ।
कम्तिमा १० प्रतिशत तलब बृद्धिको माग गर्दै कर्मचारीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सरकार र प्रदर्शनकारीबीचको नयाँ चरणको वार्ता पनि विफल भएको छ ।
ब्राजिलमा आगामी १२ जुनबाट विश्वकप फुटबल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल साओ पाओलोको बाहिरी क्षेत्रमा रहेको इटाक्वेरिओ रंगशालामा आयोजक ब्राजिल र क्रोयसियाबीच हुँदैछ । AGENCIES