जेष्ठ २५ । भारत विहारको मुजफ्फरपुर शहरमा अज्ञात रोगका कारण हिजोसम्ममा १९ जना बच्चाको मृत्यु भएको छ । अरु ७० जना बच्चाको उपचार भैरहेको खबर छ । केही वर्षयता यस्तो विमारीका कारण बच्चाको मृत्यु भइरहेपनि अहिले भने प्रकोपकै रुप धारण गरेको विहारका स्वास्थ्यसचिव दीपक कुमारले जानकारी दिएका छन् ।
मे महिनाको अन्तितिरबाट शुरु भएको यो प्रकोपको कारण अझै पत्ता लाग्न सकेको छैन । मुजफ्फरपुरका अलावा मोतिपुर, वैशाली, सीतामढी र शिवहर क्षेत्रका बच्चा बढी प्रभावित भएको बीबीसीले जनाएको छ । सञ्चारमाध्यमहरुले भने यसरी मर्ने बच्चाको संख्या २९ भएको उल्लेख गरेका छन् ।
बच्चाहरुमा एक्यूट इन्सेफलाइटिस सिण्ड्रोमको लक्षण देखिएको चिकित्सकहरुले बताएका छन् । तर यो के का कारण भएको भन्नेचाहिं अझै पुष्टी भएको छैन । AGENCIES