सालझण्डी सन्धिखर्क ढोरपाटन सडक: लुम्बिनीको तातोे धुपमा घुम्नआएका पर्यटक हिमालको चिसोमा रमाउन पाउने

शोभाखर पन्थी 
सन्धिखर्क , अर्घाखाँची जेष्ठ २५ । लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरु अब ढोरपाटन घुम्न पाउने भएका छन् । मुलुकको एकमात्र हिमाली शिकार आरक्ष ढोरपाटन सम्म सडक पुगेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरु प्राकृतिक सौन्दर्य चुम्दै ऐतिहासिक तथा धार्मिक स्थल घुम्दै हिमाली ढोरपाटन शिकार आरक्ष सम्म पुग्न पाउने भएका हुन् । 
 


 


सालझण्डी सन्धिखर्क ढोरपाटन सडक खण्डको ट्याक खुलेपछि तराईको तातो धुपमा आएका पर्यटकलाई हिकमालको चिसोमा रमाउने अबसर मिलेको हो। नेपाल सरकारको झण्डै २० करोडको लागतमा सालझण्डी देखि ढोरपाटन सम्म १ सय ८० किलोमिटर कच्ची सडक निर्माण गरी ढोरपाटन सम्म मोटर पुगेपछि सडकबाट लाभाम्वित रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, बाग्लुङ्ग, रुकुम, रोल्पा र म्याग्दी जिल्लाका हजारौ स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।
 
सडक निर्माणको अवलोकनको लागि सालझण्डी देखी ढोरपाटन सम्म पुगेका पूर्व मन्त्री तथा एकिकृत ने.क.पा माओवादीका सचिव टोपबहादुर रायमाझी, सडक विभागका महानिर्देशक देबेन्द्र कार्की लगायत अर्घाखाँची जिल्ला स्थित राजनैतिक दलका प्रमुख र संचारकर्मीलाई अर्घाखाँची, गुल्मी, प्युठान र बाग्लुङ्गका जनताले दर्जनौ ठाउँमा गेट निर्माण गरि फुलमाला र अविर लगाएर भव्य स्वागत गरेका छन् । 
 
७ वर्ष पहिलेसम्म सडक पुग्छ भन्दा नाक खुम्चाएर अविश्वास गर्ने स्थानीय बासिन्दाहरु अहिले दङ्ग परेका छन् । सडकले अर्घाखाँची, गुल्मी र बाग्लुङ्गका निक्कै विकट मानिएका दर्जनौ गाउँलाई सुगमक बनाई दिएको छ । सडक निरीक्षण अनुगमनको लागि ढोरपाटन पुगेको टोलीले स्थानीय बासिन्दाले लगाएका फुलमाला र अविरमात्र ग्रहण गरेनन् हालैको वर्षादले भत्किएको सडक समेत घण्टौं लगाएर निर्माण गरी स्थानीय बासिन्दाको विश्वास समेत जितेको छ ।
 
 
 


गुल्मीको सिर्से गा.वि.स को जङ्गलमा पहिरोले बगाएको झण्डै ५ मिटर सडक निर्माणको लागि अनुगमकन टोलीमा गएका सामान्य कर्मचारी र जिल्लाका नेताहरु मात्र तम्सीएनन सबैले भन्दाबढि काम गरेर पूर्वमन्त्री टोपबहादुर रायमाझीले सबैलाई छक्क पारे । अत्यन्तै भिरालो ठाउँ र अप्ठ्यारो पहिरोमा जोखिम मोलेर मन्त्री रायमाझीले पर्खाल लगाउँदैगर्दा उहाँका अङ्गरक्षक प्रहरी नायब निरीक्षकले भने निधारबाट चिरचिरती पसिना चुहाउनु भएको थियो । प्रमुख प्रतिपक्षी दल ए.नेकपा माओवादी संसदीय दलका उपनेता समेत रहेका रायमाझीले निक्कै जोखिम मोलेर पहलमान मजदुरले भन्दा बढिकामक गरी सबैलाई छक्क पार्नु भएको थियो । 
 
अनुगमनमा सहभागी मध्ये अरुले राम्रो पर्खाल लगाउन नजाने पछि पूर्व मन्त्री रायमाझी आफै पर्खाल लगाउन अघि बढ्नु भएको थियो । मन्त्री रायमाझीलाई एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य पदम क्षेत्री र ने.क.पा माओवादीका जिल्ला हेडक्वाटर सदस्य पिताम्बर पोख्रेलले पर्खाल लगाउने काममा सघाउनु भएको थियो ,भने नेपाली कांग्रेसका उपसभापती हरिहर , नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्य, एमाले नेता जनार्दन खनाल, ए नेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी. मात्र होइन सडक विभागका महानिर्देशक देबेन्द्र कार्की, ढोरपाटन सडक आयोजनाका प्रमुख मेघराज मरासिनी देखि लिएर पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, सचिव प्रेमनारायण आचार्य, कोषाध्यक्ष गणेश खनाल, केन्द्रिय पार्षद सुर्यप्रसाद भुसाल ,वीरेन्द्र के.सी अर्जुन भुसालले समेत सकि नसकी ढुङ्गा बोक्ने र बाटो सोर्ने गर्दा हातमका झिलाम्मै फोरा उठाएका थिए । 
 


 
 


वीच जङ्गलमका मन्त्री रायमाझी लगायतका नेताहरुले काम गरेको देख्दा बस्तुभाउ लिएर जङ्गलकमा आएका स्थानीय बासिन्दाले निक्कै प्रशंसा गरेका थिए । यस्तै काम गर्ने नेता भए यो मुलुक बल्ल बन्थ्यो भन्दै, स्थानीय रामबहादुर थापाले खुसी साट्दै भन्नु भयो आज बल्ल मलाई लोकतन्त्र आएको अनुभूति भयो ।
 
हिमाली शिकार आरक्ष ढोरपाटनमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको उत्तर गंगाको पानी मुहानमा अवस्थित ढोबहारा थान रहेकोछ । त्यहाँ प्रत्येक वर्ष जनपूर्णीमाको अबसर पारेर ठुलो मेला लाग्ने स्थानिय लिङकन घर्ती मगरलेबताउनु भयो । रुकुम, म्याग्दी, रोल्पा गुल्मी अर्घाखाँची लगायतका अन्य जिल्लाबाट हजारौंको संख्यामा भक्तजनहरु आउने उहाको भनाइ छ । अनुगमनको लागि जिल्लाबाट गएको टोलीले ढोरपाटनमा अन्र्तक्रिया समेत सम्पन्न गरेको छ । अन्र्तक्रियामा सालझण्डी – ढोरपाटन सडकका विषयमा छलफल भयो । नेता रायमाझीले ढोरपाटन सडकले वाग्लुङ मात्र नभएर लुम्बिनी अञ्चलका छ जिल्लाका साथै प्युठान,दाङ जिल्लालाई पनि प्रत्येक्ष फाइदा पुगेको बताए । म पाँच वर्ष अघि आउँदा सडक लिएर मात्र आउँछु भनेको थिए

अन्य समाचारहरु