जेष्ठ २७ । पाकिस्तानको करांचीस्थित जिन्ना अन्र्तराष्टिंय विमानस्थल नजिकैको सुरक्षा क्याम्पमा फेरि चरमपंथीले आक्रमण गरेका छन् । विमानस्थल सुरक्षा दस्ताको दोस्रो क्याम्पमा आक्रमण भएको र गोलाबारी जारी रहेको पाकिस्तानी डन न्युजले जनाएको छ ।
अस्ति मात्रै सो विमास्थलमा पाकिस्तानी तालिवानले आक्रमण गर्दा ३० जनाको मृत्यु भएको थियो । विमानस्थललाई सुरक्षाकर्मीले पूर्ण नियन्त्रणमा लिएपछि आजबाट फेरि हवाई उडान सुरु गरिएको थियो ।
तालिवानले दोस्रो आक्रमणको पनि जिम्मेवारी स्वीकार गरेको छ । उता, उत्तर पश्चिम खाइबर जिल्लाको तिराह उपत्यकामा सेनाले गरेको हवाई कारवाहीमा परि कम्तिमा १५ जना लडाकु मारिएका छन् ।
बिहानको समयमा गरिएको आक्रमणबाट अपगानिस्तानसंग सीमा जोडिएका क्षेत्रमा रहेका लडाकुका नौ महत्वपूर्ण गढ ध्वस्त भएको पाकिस्तानी सेनाले जनाएको छ । AGENCIES