खोटाङ, जेष्ठ २७ – सुमो टाटाको ठक्करबाट मृत्यु भएकाको आफन्तले मङ्गलबार यातायात अवरुद्ध पारेका छन् । ग१च ३३६३ नम्बरको सुमो टाटाको ठक्करबाट सोमबार बेलुकी एक विद्यार्थीको ज्यान गएपछि आफन्तले मध्यपहाडी लोकमार्गअन्तरगत च्यास्मिटारमा यातायात अबरुद्ध पारेका हुन् ।
विद्यालयबाट घर र्फकने क्रममा च्यास्मिटार-१ का ८ वर्षीय युवराज अधिकारीको सुमोको ठक्करबाट मृत्यु भएको थियो । मृतकका परिवारलाई क्ष्ातिपूर्ति उपलब्ध गराउन यातायात अबरुद्ध पारेको मृतकका आफन्तले जनाएका छन् ।
ठक्करबाट घाइते भएका अधिकारीको उपचारका लागि काठमाडौं लग्ने क्रममा मृत्युपछि कटारीमा पोष्टमार्टम गरी मङ्गलबार घर ल्याइएको छ । उनी स्थानीय बाझेओढार प्रावि कक्षा-१ मा अध्ययनरत विद्यार्थी हुन् । यातायात अबरुद्धपछि मङ्गलबार दिनभर यात्रु अलपत्र परेका छन् ।
ekantipur
प्रकाशित मिति: २०७१ जेष्ठ २७