बैतडीको महाकालीमा बिरामी एक बालकलाई धामीझाँक्रीबाट उपचार गराउँदा मृत्यु

बैतडीको महाकाली गाविसमा बिरामी एक बालकलाई धामीझाँक्रीबाट उपचार गराउँदा मृत्यु भएको छ ।
मृत्यु हुने महाकाली-३ का वीर मङ्गोलाका सात वर्षीय छोरा सुरज मङ्गोला रहेका छन् ।
केही दिनअघिदेखि ज्वरो आएका बालकले समयसमयमा बान्ता गर्ने गरेको र झाँक्रीबाट उपचार गराउँदा गराउँदै मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
मृतक बालक स्थानीय देवथला माविमा एक कक्षामा अध्ययनरत हुन् । रासस
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७१