कञ्चनपुर, जेष्ठ २९ । अत्याधिक गर्मीका कारण कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा महाकालीपारीको चाँदनी गाउं विकास समिति वडा नम्बर ६ का जोटी कोली र डडेल्धुराका मानबहादुर ऐर रहेका छन् ।
ऐरको गर्मीमा अत्याधिक मदिरा सेवनबबाट मृत्यु भएको हो भने कोली गर्मीले श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै मजदुर हुन् ।
एकसाता यता कञ्चनपुरको तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुग्ने गरेको छ । गर्मीकै कारण कञ्चनपुरका सम्पूर्ण बिद्यालयहरु बन्द गरिएको छ भने बजारमा चहलपहल घटेको छ । IMAGEKHABAR