चुत्रावेशी होटलबाट रंगेहात पक्राउ परेका पाँच जुवाडे थुनामा

चुत्रावेशी, अर्घाखाँची २०७१ जेष्ठ ३० शुक्रवार । व्यावसायिक रुपमा जुवा खेलाउदै आएका होटल मालिक सहित पाँच जनालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

 


 सन्धिखर्कको चुत्रावेशी स्थित खिल्जी असुरकोट बञ्जाडे होटलमा जुवा खेलिरहेकाहरु ।

 

चुत्रावेशी स्थित खिल्जी असुरकोट बञ्जाडे होटलबाट पक्राउ गरेको हो । होटलको कोठभित्र तास खेलिरहेका सन्धिखर्कका गोपाल वली, ढाकावाङका कमल खत्री, किमडाँडाका हिराबहादुर खत्री, शोभाखर खत्री र जुवा खेलाउने होटल मालिक पुष्कर बञ्जाडेलाई प्रहरी निरीक्षक गोविन्द पन्थीको नेतृत्वमा गएको टोलीले रंगेहात पक्राउ गरेको हो ।


उनीहरुको साथबाट ८३ हजार ५ सय नगद समेत बरामद गरेको छ । काडपत्ती खेलिरहेका उनीहरुलाई जुवा ऐन २०२० अनुसार पक्राउ गरी थुनामा राखिएको छ, निरीक्षक पंथीले भने, होटलवालाले व्यावसायिक रुपमा जुवातास खेलाउने गरेको सुचना आएको छ, खेल्नेपनि व्यावसायिक नै हुन, थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।

 

सदरमुकाममा जुवातास खेल्नेको बिगबिगी भएको सुचना आएकाले अरु होटलमा पनि छापा मार्ने उनले बताए । होटलवाला बञ्जाडेले एक राउण्ड खेलको पाँच सय रुपैया शुल्क लिने गरेका छन । ऐन अनुसार पहिलो पटक तीन महिना देखी एक वर्षसम्म कैद र जरिवाना हुन्छ । सदरमुकाममा जुवातास सख्ने क्रम बढेको छ ।

 

 

Birendra KC, Editor contributed to this report.

अन्य समाचारहरु