हराइरहेको मलेसिया विमानका यात्रुहरुको परिवारले क्षतिपूर्ति रकम बुझ्न थाले

जेष्ठ ३० । तीन महिनाअघिदेखि हराइरहेको मलेसिया विमानका यात्रुहरुको परिवारले क्षतिपूर्ति रकम बुझ्न थालेका छन् । २सय ३९ जना यात्रु बोकेर मलेसियाको क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङतर्फ उडान भरेको विमानका बारेमा तीन महिनासम्म सुइँकोसम्म पाउन नसकेपछि परिवारजनले क्षतिपूर्ति बुझ्न थालेका हुन् ।



क्षतिपूर्तिको प्रारम्भिक रकमस्वरुप उनीहरुले जनही ५० हजार डलर बुझेका छन् । यसरी रकम बुझनेमा ६ मलेसियन र एक चिनियाँ परिवार छन् । तर, अरु ४० परिवारले पनि रकम बुझेको दाबी विमा कम्पनीले गरेको छ ।



हराइरहेका यात्रुका परिवारजनले प्रतिव्यक्ति एक लाख ७५ हजार डलरसम्म विमा दाबी गर्न सक्नेछन् । विमानको खोजीमा मलेसिया र चीनका अलवा अमेरिकासहित अरु ४० देशका खोजी दल संलग्न रहेपनि कुनै पत्तो पाउन नसकेको हो ।



विमानका बारेमा कुनै जानकारी पाउन नसकेपनि खोजी दलले विमान अष्टे