राष्ट्रपति डा. रामवरण यादव र म्यानमारका प्रजातन्त्रवादी नेत्री आङसाङ सुचीबीच भेटवार्ता

काठमाडौं, जेष्ठ ३१ । राष्ट्रपति डा. रामवरण यादव र म्यानमारका प्रजातन्त्रवादी नेत्री आङसाङ सुचीबीच भेटवार्ता भएको छ । आज बिहान राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटवार्तामा दुईदेशवीचको सम्वन्धको विषयमा छलफल भएको थियो ।
भेटवार्ताको क्रममा सुचीले नेपालको पछिल्लो राजनीतिक अवस्थावारे पनि चासो राखेकी थिइन । यसअघि हिजो प्रधानमन्त्री सुशील कोइरालाले नेत्री आङसाङ सुचीको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए ।
रात्रीभोजमा उपप्रधानमन्त्री, सभामुख, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु, सभासद्हरु, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारका उच्च अधिकारीहरु, कूटनीतिक नियोगका प्रतिनिधिहरु, नागरिक समाज, सञ्चारकर्मी र उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो । IMAGEKHABAR