कञ्चनपुरमा ७, रोल्पामा ५, ताप्लेजुङमा १० विद्यालयको नतिजा शून्य

कञ्चनपुर, रोल्पा, जेष्ठ ३१ । कञ्चनपुरमा यस वर्षको एसएलसी परीक्षामा सात विद्यालयको नतिजा शून्य आएको छ । महेन्द्रनगरस्थित भृकुटी उच्च मावि, जानकी कन्या उमावि भगतपुरसँगै असिग्राम मावि सिसैया, गोरखा मावि कुण्डा, शान्ति मावि अशुंवर्मा, विजय मावि विकास बस्ती र रेडियन्ट बोर्डिङ स्कुलले शून्य नतिजा ल्याएका हुन् ।
गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५ प्रतिशत कम विद्यार्थी प्रवेशिका उत्तीर्ण भएका छन् ।

रोल्पामा ५ वटा  शून्य 
रोल्पामा पनि यसवर्ष खुला विद्यालयसहित ५ वटा विद्यालयहरुले कुनै पनि विद्यार्थी उत्तीण गराउन सकेनन् ।
भानुभक्त मावि रेकुङनेटा उवा, जनसेवा मावि सेरम, जनता मावि गाम, शिव मावि द्धारपानी नुवागाउँ र बालकल्याण उच्च मावि लिवाङ खुला विद्याययबाट कुनै पनि विद्यार्थी उत्तीण नभएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । ताप्लेजुङ, जेष्ठ ३१ । ताप्लेजुङमा यस वर्षको एसएलसी परीक्षामा १० ओटा विद्यालयको नतिजा शून्य आएको छ । १० विद्यालयका परीक्षामा सहभागी भएका एकजनाले पनि उत्तीर्ण गर्न नसकेपछि नतिजा शून्य आएको हो ।
ताप्लेजुङमा यस वर्षको एसएलसी परीक्षामा १० ओटा विद्यालयको नतिजा शून्य आएको छ । १० विद्यालयका परीक्षामा सहभागी भएका एकजनाले पनि उत्तीर्ण गर्न नसकेपछि नतिजा शून्य आएको हो । 
जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका अनुसार नतिजा शून्य आउने विद्यालयहरुमा चाक्सिबोटे उच्चमाध्यमिक विद्यालय, मयाम उच्चमाध्यमिक विद्यालय फुरुम्बु, सिंहेश्वरी माध्यमिक विद्यालय सादेवा र कञ्चनजंघा माध्यमिक विद्यालय याम्फुदिन रहेका छन् ।
यस्तै, सिम्बु माध्यमिक विद्यालय फावाखोला, सिद्धेश्वरी माध्यमिक विद्यालय डुम्रिसे, सरस्वती माध्यमिक विद्यालय साब्लाखु, सुनदेवी माध्यमिक विद्यालय इखाबु तथा त्रिभुवन उच्चमाध्यमिक विद्यालय थुकिमाको पनि नतिजा शून्य रहेका छन् ।
यता, भानुजन उच्चमाध्यमिक विद्यालयको खुल्ला सिकाइतर्फको नतिजा पनि शून्य आएको छ । ताप्लेजुङबाट यसवर्ष नियमिततर्फ परीक्षामा सम्मिलित दुई हजार ९५ जना परिक्षार्थी मध्ये तीन सय ७५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । –