सन्धिखर्क, अर्घाखाँची २०७१ जेष्ठ ३१ शनिवार। अर्घाखाँची जिल्लामा यस वर्षको एस.एल.सी परिक्षामा ३०५२ विद्यार्थी सहभागी भएकोमा ४८ जना विशिष्ठ श्रेणीमा, ४३२ जना प्रथम श्रेणीमा, ५०९ जना दोश्रो श्रेणीमा र १४ जना तृतीय श्रेणीमा गरी कुल १००३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जुन कुल संख्याको ३२.८६ प्रतिशत हो ।
सदरमुकाममा रहेका मध्ये जनज्योती उच्च मा.वि. सवैभन्दा कमजोर देखिएको छ । जनज्योतीबाट यो वर्ष १०८ जना परिक्षार्थी सहभागी भएकोमा १९ जनामात्र उत्तीर्ण भएका छन् ।
सामुदायिक विद्यालयहरुको नतिजा खस्किइरहेको समयमा सिमित स्रोत साधनका विच चलेका अड्गुरीमा रहेको जनसेवा मा.वि. र सन्धिखर्कमा रहेको युवा वर्ष जनता रविचित्र मा.वि. शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन।
सन्धिखर्कमा रहेका गौरीशंकर बोर्डिङ्ग, ग्रिन इङ्गलिस बोर्डिङ्ग स्कूल र मदरल्यान्ड इङ्गलिस बोर्डिङ्ग स्कूलले शत प्रतिशत नतिजा प्राप्त गरेका छन् भने सन्धिखर्कमै रहेको अर्घाखाँची आवाशिय उच्च माध्यमिक विद्यालयले ९७.२२ प्रतिशत नतिजामा चित्त बुझाएको छ ।
यसैगरी धनचौरमा रहेको जनजागृती उच्चमा.वि.बाट यो वर्षको एस.एल.सी परीक्षामा ५४ जना विद्यार्थी सहभागी भएकोमा १ जना प्रथम श्रेणीमा र ४ जना द्वीतिय श्रेणीमा गरी कुल ५ जना अर्थात ९.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
धारापानीमा रहेको शान्ति उच्चमा.वि.बाट यो वर्षको एस.एल.सी परीक्षामा ११५ जना विद्यार्थी सहभागी भएकोमा ८ जना प्रथम श्रेणीमा र ९ जना द्वीतिय श्रेणीमा गरी कुल १७ जना अर्थात १८.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
मन्द्रै मा.वि. सुवर्णखालबाट यस वर्षको एस.एल.सी. परीक्षामा ३१ जना विद्यार्थि सहभागी भएकोमा चारजना प्रथम श्रेणी र एक जना दोश्रो श्रेणीमा पास भएका छन् ।
अर्घाखाँची जिल्लामाको सिमलपानीमा रहेको प्रभाकर मा.वि.बाट जिल्लामै सवैभन्दा कम पाँच प्रतिशत अथार्त १ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
मैदानमा रहेको भानु मा.वि.ले २२.२२ प्रतिशत विद्यार्थी उत्तीण गराएको छ ।
अघिल्लो एस.एल.सी. परिक्षामा शत प्रतिशत विद्यार्थी उत्तीण गराउन सफल भएको ठूलापोखरामा रहेको मालिका इङ्गलिस बोर्डिङ्ग स्कूलले ८८ दशमलव ९ प्रतिशत नतिजामा सिमित गरेको छ ।
Some information for this report was provided by Hari Bhusal in Sandhikharka.