श्रीलंकामा बौद्ध र मुस्लिम समूदायबीच धार्मिक दंगा भएपछि दक्षिणी क्षेत्रका दुई सहरमा कफ्र्यु

आषाढ २ । श्रीलंकामा बौद्ध र मुस्लिम समूदायबीच धार्मिक दंगा भएपछि दक्षिणी क्षेत्रका दुई सहरमा कफ्र्यु लगाइएको छ । अलुथ्गामा सहरमा कट्टर बौद्ध समुदायले निकालेको र्‍यालीको क्रममा हिंसा सुरु भएपछि त्यो बेरुवाला सहरसम्म फैलिएको थियो ।
मुस्लिम समुदायका व्यक्तिहरुले र्‍यालीमा आक्रमण गरी सहभागीमाथि डुंगा हानी पसलहरु जलाउनुका साथै कर्यौ व्यक्तिहरुलाई घाइते बनाएका थिए । आक्रोशित बौद्ध समुदायका व्यक्तिहरुले बसमा आक्रमण गरी एक मुस्लिमको हत्या गरेका थिए ।
बौद्ध समुदायको सशस्त्र समूहले मुस्लिम बस्तीमा पसेर आक्रमण गरेका थियो । हिंसा नियन्त्रणमा लिन सुरक्षा बललाई बल प्रयोग गर्नुपरेको थियो ।
तीन दिनअघि मुस्लिम समुदायले राष्ट्रपति महिन्दा राजापाक्षे समक्ष सुरक्षा माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । यी दुई सहर मुस्लिम बाहुल्य सहर हुन् ।
श्रीलंकामा अधिकांश जनसंख्या बौद्ध समुदायको छ भने मुस्लिमहरु १० प्रतिशत छन् । (एजेन्सी)