भारतीय सीमा सुरक्षा बलद्धारा नवलपरासीस्थित सुस्तामा फेरि अतिक्रमणको प्रयास

नवलपरासी, आषाढ २ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नवलपरासीस्थित सुस्तामा फेरि अतिक्रमणको प्रयास गरेका छन् । सीमाक्षेत्रमा रहेका एसएसबी सम्बद्ध सुरक्षाकर्मीहरु सुस्तामा नेपालतर्फ प्रवेश गरी आफूहरुलाई दुःख दिने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
भारततर्फबाट अतिक्रमणको प्रयास भएपछि सुस्तामा रहेको सशस्त्र सीमा सुरक्षा बेस क्याम्पले भारतीयहरुलाई बोलाएर समाधानको प्रयास गरेपनि विवाद भने साम्य हुन सकेको छैन ।
करिब एक सय विगाह नेपाली भूमिलाई आफ्नो भन्दै उनीहरुले अतिक्रमणको प्रयास गरेको स्थानीयले बताएका छन् । हप्तादेखि एसएसबीले पक्लिहवाको ठाँडीदेखिदेखि रामनगर हुँदै आउने ५ नम्बर ठोकरको टापुलाई भारतीय भू