काठमाडौ, असार २ – प्रधानमन्त्री सुशील कोइरालाले पशुपतिनाथ मूल पूजारीमा गणेश भट्टलाई नियुक्त गरेका छन् ।
पशुपति क्षेत्र कोष संचालक परिषद्को सिफारिस अनुसार प्रधानमन्त्री कोइरालाले नयाँ मूल भट्ट नियुक्त गरेका हुन् । आइतबार बसेको परिषद बैठकले गणेश भट्टलाई मूल भट्टमा नियुक्तीका लागि सिफारिस गरेको थियो ।
कोषका सदस्य सचिव गोविन्द टण्डनले अबदेखि मन्दिर पूजाआजा नयाँ भट्टले गर्ने जानकारी दिए । गत कात्तिकमा तत्कालीन मूल पूजारी महावलेश्वर भट्टले घरायसी कारण देखाई राजीनामा दिएका थिए ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ असार २