प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ३ असार । अर्घाखाँचीको सन्धिखर्कमा नेपाल सरकार वाणिज्य तथा आपुर्ती मन्त्रालय, वाणिज्य तथा आपुर्ती ब्यबस्था विभागको आयोजनामा वाणिज्य फर्म तथा उपभोक्ता हित सम्बन्धि अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बत्ताmहरुले उपभोक्ता अधिकारका बारेमा सबैलाइ जानकारि नहुदा र पर्याप्त मात्रामा अनुगमन नहुदा उपभोक्ताहरु ठगिएको बताएका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारि ज्ञान प्रसाद ढकाल, स्थानीय बिकास अधिकारि हेमराज भुसाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा वाणिज्य तथा आपुर्ती बिभागका निर्देशक हरिनारायण बेल्बासे, शाखा अधिकृत मोहन चन्द्र जोसि र लेखा अधिकृत टिका बहादुर थापा लगायतले वाणिज्य फर्म, र उपभोक्ता हितका बिषयमा आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
अर्घाखाँचीको फर्महरुको अबस्था र बजार अनुगमनको बारेमा सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनालले जानकारि गराउनु भएको थियो ।