काठमाडौं, आषाढ ३ । सरकारले आगामी साउन १ गतेबाट मुलुकबाहिर गिट्टी, बालुवा र ढुंगा निकासीमा रोक लगाउने भएको छ । आजको संसद बैठकमा वन तथा भू-संरक्षणमन्त्री महेश आचार्यले चुरे क्षेत्रको अत्यधिक दोहन भएकाले त्यसलाई रोक्न गिट्टी, बालुवा र ढुुंगा निकासीमा रोक लगाउन लागेको बताए ।
मन्त्री आचार्यले मानव र पशुहरु समेत चुरे क्षेत्रबाट विस्थापित हुने अवस्था आएको भन्दै चुरेको दोहन र गिट्टी बालुवा निकासीमा रोक लगाउनुको विकल्प नभएको बताए ।
मन्त्री आचार्यले चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेर काम अघि बढाइएको समेत बताए । चुरेको भौगर्भिक बनोट जोखिमपूर्ण रहेको भन्दै उनले संरक्षण आवश्यक भएकोमा जोड दिए ।
उनले चुरे विनाशले नदी कटान बढेको, पानीका मुहान सुकेको उल्लेख गरे ।
यसैबीच, सरकारले