बुल्गेरियामा भारी वर्षापछि आएको बाढी-पहिरोमा परी कम्तिमा १० जनाको मृत्यु

आषाढ ६ । बुल्गेरियामा भारी वर्षापछि आएको बाढी-पहिरोमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ । बुल्गेरियाको भर्ना सहरमा रहेको ब्ल्याक सी क्षेत्र बाढीबाट बढी प्रभावित भएको छ ।



सो सहरका सयौं बासिन्दा अन्यत्र पलायन भएका छन् । हेलिकप्टर र डुंगा परिचालन गरी बाढी प्रभावितको उद्धार गरिएको छ । बाढीले सयौं घर डुबाएको छ ।



सडकमा पार्किङमा रहेका सवारीसाधन पुरिंदा यातायात ठप्प भएको छ । विजुली आपूिर्त बन्द हुनुका साथै हवाई सेवा पनि अवरुद्ध बनेको छ । (एजेन्सी)