आषाढ ६ । सिरियाको हामा प्रान्तमा गराइएको कार बम विस्फोटमा कम्तिमा ३४ जना मारिएका छन् । मारिनेमा अधिकांश बालबालिका छन् भने घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् ।
सरकारले विद्रोहीले विस्फोट गराएको आरोप लगाए पनि विस्फोटमा कसको संलग्नता छ भन्नेबारे केही खुलेको छैन । विस्फोटका कारण केही घर र सवारीसाधनमा क्षति पुगेको छ । (एजेन्सी)