प्रहरी विरुद्ध सामाजिक संजाल फेसबुकमा कमेन्ट गर्ने सप्तरीका एक युवक २० दिनपछि रिहा भएका छन् ।
पोर्ताहा-१ का अब्दुल रहमानलाई काठमाडौं जिल्ला अदालतले ५ हजार धरौटीमा रिहा गरेको प्रहरी प्रवक्ता गणेश केसीले सेतोपाटीलाई जानकारी दिए । १९ दिनसम्म सप्तरीको प्रहरी हिरासतमा रहेका उनलाई बिहीबार काठमाडौं ल्याइएको थियो ।
विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दामा उनलाई कारबाही गरिएको हो । पत्रकार जितेन्द्रकुमार झाद्वारा नागरिक दैनिकमा प्रकाशित सप्तरीमा सुध्रँदो सुरक्षा भन्ने शीर्षकको समाचार पत्रकार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति उनले के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा छ ।
त्यो पनि ५० हजार