रौतहट, आषाढ ७ । झाडापखाला र हैजाको महामारी फैलेको रौतहटको चन्द्रपुर नगरपालिका-२ गैडाटारमा सरसफाइ कार्यक्रम सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको पहलमा स्कुले बालबालिकाले नै बस्तीमा जनचेतना जगाउने अभियान थालेका हुन् ।
प्रभावित बस्तीको घरघरमा पुगेर बालबालिकाले सरसरफाइको सन्देश दिन थालेका छन् । उनीहरुले पानी शुद्धीकरण गर्न पीयुष प्रयोग गर्न, घरमा शौचालय निर्माण गर्न, शौचालय गएपछि हात धुन, खानपिन र सरसफाइको विषयमा घरमै पुगेर शिक्षा दिएका हुन् ।
गत वैशाख १६ गतेबाट उक्त बस्तीमा फैलेको झाडापखला र हैजाको महामारी अझै नियन्त्रणमा आइसकेको छैन । बस्तीले प्रयोग गर्ने पानीका कुवामै पुगेर स्कुले विद्यार्थीले गाग्रीमा पियुष राखिदिने गरेका छन् ।
झाडापखाला र हैजाको महामारी फैलनुमा दूषित पानी कारक भएको खुलेपछि पानी शुद्धीकरण अभियान थालिएको हो । IMAGEKHABAR