इजिप्टको अदालतद्धारा मुस्लिम ब्रदरहुड पार्टीका १ सय ८३ जना समर्थकहरुमाथि मृत्युदण्डको सजाय हुने ठहर

आषाढ ७ । इजिप्टको अदालतले अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीको मुस्लिम ब्रदरहुड पार्टीका १ सय ८३ जना समर्थकहरुमाथि मृत्युदण्डको सजाय हुने ठहर गरेको छ । उनीहरुमाथि मिन्याको प्रहरी चौकीमाथि आक्रमण र हत्याको अभियोग लगाइएको थियो ।



राजधानी कायरोको दक्षिणमा अबस्थित मिन्या सहरको अदालतका न्यायाधीशले गत अप्रिलमा अत्यन्त आलोचित बनेको ६ सय ८३ जना विरुद्धको सुनुवाइपछिको मृत्युदण्डको सजायलाई पनि कार्यान्वयन गर्न सिफारिस गरेका छन् ।



मृत्युदण्डको सजाय ठहर गरिएकाहरुमा प्रतिबन्धित पार्टीका नेता मोहोम्मद बादाई पनि रहेको बीबीसीले जनाएको छ ।

ब्रदरहुड पार्टीलाई यसअघि नै आतंककारी पार्टी घोषित गरिइसकेको छ । गत जुलाईमा सेनाले