औषधी ब्यबसायी संघको स्थापना दिबसको अबसरमा सन्धिखर्कमा कार्यक्रम, कैयौं पसलहरु दर्ता नगरि राज्यलाई कर नतिरी सञ्चालन

– प्रेमनारायण आचार्य
 
सन्धिखर्क, अर्घाखाँची १० असार । नेपाल औषधी ब्यबसायी संघ जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा आफ्नो ४० औ स्थापना दिबसको अबसरमा सन्धिखर्कमा कार्यक्रम सम्पन्न भएको छ ।
 



कार्यक्रममा मन्तब्य राख्दै औषधी ब्यबसायी संघका सस्थापक सदस्य तथा निबर्तमान जिल्ला अध्यक्ष नारायण पौडेलले गुणस्तरीय औषधी प्रदान गर्नु संघको मुख्य काम भएको बताउदै औषधी ब्यबसायी संघको लोगो  भएको पसलबाट मात्र औषधी किन्न आग्रह गर्नु भयो ।
कार्यक्रम जिल्ला अध्यक्ष लिलामणी ढुंगानाको अध्यक्षता र प्रेमबहादुर प्रसाइको सञ्चालनमा सम्पन्न भएको थियो ।  यो शाखा नेपालकै पहिलो उपशाखा भएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण पौडेलले औषधि व्यावस्था विभागको स्थापना नभएको अवस्थामा भारत लगायतका अन्य ठाउँहरुबाट औषधि आयात गर्नुपर्ने अवस्थामा औषधीको सहज आपुर्ती गर्नको लागि संघको स्थापना गरिएको बताउनुभयो । २०५४ सालमा उपसाखाहरुको स्थापना भएको बताउदै पौडेलले जिल्लाका कैयौं गाविसहरुमा निशुल्क स्वाथ्य सिविर सञ्चालन गरेको कारण अर्घाखाँची जिल्लाको उपसाखा देश कै नमुना भएको दावी गर्नुभयो । 
कैयौं पसलहरु दर्ता नगरि राज्यलाई कर नतिरी सञ्चालन
केन्द्रमा दर्ता भएका ६४ वटा पसलहरु मध्ये जिल्लामा ३० वटा पसलले मात्र हाल सम्म नविकरण गरेको उल्लेख गर्दै जिल्लामा कैयौं पसलहरु दर्ता नगरि राज्यलाई कर नतिरी सञ्चालन भएको खुलासा गर्दै प्रशासन कार्यालयले २०५१ सालदेखि अनुगमन नगरेको पौडेलले गुनासो गर्नु भयो ।
सर्वसाधारणहरुलाई व्यावसायीको लोगो अंकित पसलबाट मात्र औषधि किन्न पौडेलको आग्रह थियो । साथै सबै गाविसहरुलाई सो गाविस भित्र पर्ने दर्ता भएका तथा नभएका औषधि पसलहरुको जानकारी माग्दा असुरकोट बाहेक अन्य गाविसले नदिएको समेत उहाँको भनाई थियो । 
नेपाल औषधि व्यावशायी संघ अर्घाखाँची उपसाखाले स्थापना दिवशको अवशरमा प्रभातफेरी सहित -याली निकाली बजार परिक्रमा गरेको थियो ।
Some information for this report provided by Devendra Kunwar in Arghakhanchi.

अन्य समाचारहरु