सुनसरी, आषाढ ९ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह र बहाव बढेपछि कोसी व्यारेजमा खतराको संकेत गर्दै दुईओटा रातो बत्ति बालिएको छ ।
सामान्यतः सप्तकोसीमा पानीको बहावले एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत दिने गरिन्छ । सोमबारदेखि पानीको बहाव ह्वात्तै बढेर २ लाख ११ हजार ३ सय ९६ प्रतिसेकेन्ड पुगेको छ ।
पानीको बहाव बढेपछि आइतबार कोसी ब्यारेजका ५६ मध्ये ३० ओटा ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख एसपी मसउदआलम खाँले जानकारी दिए । IMAGEKHABAR