इजिप्सीयन सरकारले अलजजिराका पत्रकारलाई जेल पठाएकोमा विश्वभर विरोध र भत्र्सना शुरु

आषाढ १० । इजिप्सीयन सरकारले अलजजिराका पत्रकारलाई जेल पठाएकोमा विश्वभर विरोध र भत्र्सना शुरु भएको छ । बेलायतको राजधानी लण्डनमा सयौं पत्रकार जम्मा भएर इजिप्सीयन अदालतको निर्णयको विरोध गरेका छन् ।
बीबीसीलगायत सञ्चारमाध्यमका प्रतिनिधिहरु भेला भएर प्रेस स्वतन्त्रामाथि अंकूश नलगाउन इजिप्ट सरकारको ध्यानाकर्षण गरेका हुन् । प्रतिबन्धित मुश्लिम ब्रदरहुड पार्टीलाई समर्थन गरेको अभियोगमा इजिप्ट सरकारले अल जजिरामा कार्यरत तीन विदेशी पत्रकारलाई सात वर्ष जेल सजायँ दिएकामा तत्काल छाड्न माग गर्दै प्रदर्शन गरिएको हो ।
गलत समाचार प्रशारण गरेको आरोपमा कायरोको अदालतले दोषी ठहर गर्दै पत्रकार पिटर ग्रिस्ट र मोहम्मद फामीलाई सात तथा बाहिर मोहम्मदलाई दश वर्ष जेल तोकेको थियो । ग्रिस्ट अष्ट्रेलियाली तथा फामी र बाहिर इजिप्सेली नागरिक हुन् ।
पत्रकारलाई छुटाउन सबै प्रयास गरिने अष्ट्रेलियन सरकारले जनाएको छ । पत्रकार ग्रिस्टका परिवारले पनि निर्णयप्रति दुख व्यक्त गर्दै रिहा गर्न माग गरेका छन् । पत्रकारहरुले आफुमाथिको आरोप अस्वीकार गरेका छन् ।
उनीहरु ६ महिनाअघि राजधानी कायरोमा पक्राउ परेका थिए । आरोपितहरुको उपस्थिति बिना सुनाइएको फैसलामा अरु नौ जनालाई भने दश/दश वर्षको जेल सजायँ सुनाइएको छ । सुनुवाई नै राजनीतिक प्रेरित रहेको भन्दै अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको हो । IMAGEKHABAR