पोखरा, आषाढ ११ । कास्कीको लेखनाथ नगरपालिकास्थित बुढीबजारमा रहेको सूर्य नेपाल प्रालिको गोदाममा आगलागी हुँदा करोडौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भई गएराति २ बजेबाट लागेको आगो नियन्त्रणमा नौं घण्टापछि नियन्त्रणमा लिइएको छ ।
पोखराको एउटा दमकल, पानीको ट्याङकर, सेना, प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन् । चुरोटको गोदाम रहेकाले आगो निभाउन समस्या भएको प्रहरी निरीक्षक गंगा थापाले जानकारी दिए ।
आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गोदाममा रहेको कागजात र रेकर्ड फाइलहरु समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानीय शालिकराम घिमिरेको घर भाडामा लिएर सूर्य नेपालले चार बर्षदेखि गोदाम सञ्चालन गर्दै आएको छ । IMAGEKHABAR