अष्ट्रेलियाद्धारा हराइरहेको मलेसियन एअरलाइन्सको एमएच ३७० विमानको खोजीको नयां क्षेत्र घोषणा

आषाढ १२ ।  अष्ट्रेलियाले हराइरहेको मलेसियन एअरलाइन्सको एमएच ३७० विमानको खोजीको नयां क्षेत्र घोषणा गरेको छ । अब यो खोजी अष्ट्रेलियाको पश्चिमी तटबाट १८ हजार किलोमिटर पश्चिममा सारिएको अष्ट्रेलियाका उपप्रधानमन्त्री वारेन ट्रसले पुष्टि गरे ।
समुद्र मुनीको नयां ६० हजार वर्ग किलोमिटर क्षेत्रफलमा खोजी केन्द्रित गरिने बताइएको छ । यसअघि हिन्द महासागरमा गरिएको वृहद खोजी भने कुनै तथ्य पत्ता लाग्न नसकेपछि गत अप्रिलमा रोकिएको थियो ।
अधिकारीहरुले विमान दुर्घटनाग्रस्त हुनु अघि स्वचालित अवस्थामा रहेको विश्वास गरेका छन् । गत मार्च ८ मा क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको उक्त विमान उडान भरेको केही समय मै सम्पर्कविहिन भएको थियो ।
विमानमा २ सय ३९ जना सवार थिए । विमान हराएको सय दिनसम्म पनि कनै तथ्य पत्ता लाग्न नसकेपछि विमान सेवा कम्पनीले केही यात्रुका परिवारलाई राहत समेत उपलब्ध गराइसकेको छ । एमएच ३७० विमानको खोजी हवाई उडड्यन क्षेत्रकै सबैभन्दा महंगो खोजी भएको छ । AGENCIES