एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अपहेलना सम्बन्धी विधेयकविरुद्ध संसदमा चर्को नारा लगाउने बताएका छन् । विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संसदमा पेश भएको अदालतको अपहेलना सम्बन्धी विधेयकविरुद्ध आफूहरु चुप लागेर नबस्ने बताए ।
कसैको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने भन्दै प्रचण्डले यसवारेमा संसदमा आफूहरु कडा रुपमा प्रस्तुत हुने बताए । प्रचण्डले पछिल्लो समय अदालतको कामप्रति आफूलाई चित्त नबुझेको बताएका छन् । उनले भने ‘अदालतको गतिविधि म केही दिनदेखि असन्तुष्ट छैन ।
SETOPATI
प्रकाशित मिति: शुक्रबार, आषाढ १३, २०७१