अर्घाखाँचीमा एसएलसी नतिजामा कम आउनुमा शिक्षक अभिभावक र विद्यार्थी सबै दोषि

– अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची असार १३ ।  एसएलसी उत्रिण प्रतिशत कम हुनुमा शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै दोषि रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले यि तिन पक्ष जागरुक भए एसएलसी उत्र्तिण प्रतिशतमा वृद्धि आउनेमा जोड दिए । एमाओवादी निकटको अखिल क्रन्तिकारी अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा गरेको एसएलसी परिक्षाको नतिजा र सुधारको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
 वक्ताहरुले जिल्ला शिक्षा कार्यालयको अनुगमन पनि निकै फितलो भएको बताए । जिल्ला शिक्षा कार्यालयले अनुगमनमा कडाइ गर्नु पर्ने उनीहरुको भनाइ छ । उनीहरुले राज्यले शिक्षामा अर्वौं रुपौयाँ लगानी गरे पनि त्यसको उचित  प्रतिफल नमिलेको बताए । अखिल नेपाल शिक्षक संघका जिल्ला सचिव  दलबहादुर केसीले सानो कक्षाबाटै विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्दै लौजानुपर्ने बताए । उनले शौक्षिक विकासका लागि शुन्यबाट जानुपर्ने धाराणा राखे । शुन्यबाट जानुपर्ने अबस्था छ उनले भने, त्यसो गरियो भने दश बर्ष पछि मात्र शैक्षिक गुणस्तरमा वृद्धि आइ एसएससीको अबस्था पनि सुध्रन्छ । उनले राजनीतिक हस्क्षेपका कारण पनि शिक्षा क्षेत्र धरासायी बन्दै गएको बताए । 
युवा वर्ष जनता रविचित्र उच्च माविका प्राचार्य  रोमाकान्त बेल्वासेले माध्यमिक तह सम्म सरकारले धेरै लगानी गरे पनि त्यसको उचित फाइदा लिन  नसकिएको बताए  । उनले समाज रुपान्त्रण नभए सम्म शैक्षिक विकासले टेवा लिन नसक्ने बताए । उनले एसएलसी परिक्षालाई अनावश्यक हाउगुजी वनाएर विद्यार्थीमा आतंक मच्चाउने काम भएको भन्दै यसको अन्त्य गर्नुपर्ने बताए । एसएलसी भन्दा माथिल्लो  तहको परिक्षाको नतिजाको बारेमा कुनै चर्चा हुँदैन उनले भने, एसएससीको बारेमा अनावश्यक चर्चा चलाएर  विद्यार्थीलाई हतोत्साहित बनाउने काम भएको छ, यो  सरासर गलत हो । उनको विद्यालयबाट वर्षेनी  शत प्रतिशत विद्यार्थी उत्र्तिण भएका हुँदै आएका छन्  । ४ जना विशिष्ट,४० जना प्रथम र ११ जना द्वतिय श्रेणी गरि यो वर्ष पनि सबै विद्यार्थी उत्र्तिण भएका हुन । सो विद्यालय जिल्लाको नमुना सामुदायिक विद्यालय हो ।
 अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नारायण खनालले असमान शिक्षा र समान प्रतिस्पर्धाले गरिव, विपन्न वर्गका विद्यार्थीलाई समस्या परेको बताए । यो शिक्षा निति नै वेठिक छ उनले भने, यसलाई परिवर्तन गरि शैक्षिक अबस्थालाई सुधार गर्नु पर्छ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका शाखा अधिकृत मणिराम पराजुलीले जिल्ला शिक्षा कार्यालयले अनुगमनको कामलाई प्रभावकारी ढङ्गले गरेको बताए । उनले पाँच श्रोत केन्द्रमा श्रोत व्यक्तिको पद खाली भएकाले केहि समस्या आएको भन्दै छिटै पदपूर्ति गरिने बताए । उनले एसएलसी परिक्षाको उत्र्तिण प्रतिशत वृद्धि गर्न जिल्ला शिक्षा कार्यालयले विशेष योजना बनाउन लागेको बताए ।  एउटा श्रोत केन्द्र अन्र्तगत एउटा विद्यालयलाई नमूना बनाउने योजना छ, उनले भने, आगामी वर्ष दश प्रतिशतले वृद्धि  गर्ने लक्ष्य छ । उनले शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम, अभिभावकलाई जनचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । अनेरास्ववियुका जिल्ला सचिव प्रदिप  नेपालीले एसएलसी परिक्षाको नतिजा वृद्धि गर्न विद्यार्थीलाई स्कुलमै छात्रवास  र जटिल विषयमा विद्यार्थीको शिकाइ क्षमता वृद्धि गर्नु पर्ने बताए । 
कार्यक्रममा एनेकपा माओवादीका जिल्ला उपाध्यक्ष कमल खनाल, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य राजेन्द्र आचार्य, वाइसिएलका केन्द्रिय सदस्य ठाकुर सौराग, गैरीशंकर इङलिस वोर्डिङ स्कुका सहायक प्रिनसिपल  केशवराज भुसाल, अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल भट्टराइ, नेकपा-माओवादी निकटको अखिल क्रान्तिकारीका जिल्ल्ला उपाध्यक्ष बाकृष्ण भलामी, एमाओवादी निकटको अखलि क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष  मोहन भट्टराई,  चन्द्र विक , पूर्व सहसचिव  चुरामणि वञ्जाडे लगायतले बोलेका थिए । 
जिल्लामा यो वर्ष  ३३ प्रतिशत विद्यार्थी उत्र्तिण  भएका छन् । अघिल्लो वर्ष ३४.१६ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष १.१६ प्रतिशतले कमी आएको छ । नियमित तर्फ कुल ३ हजार ३ सय २५ सहभागि रहेकोमा  १ हजार ४६ विद्यार्थी उत्र्तिण भएका छन् ।   आशिंक तर्फ १ हजार ८ सय ५० सहभागी रहेकोमा  १ सय ९७ जना उत्र्तिण भएका छन् ।
नियमित तर्फ विशिष्ट श्रेणीमा ५० जना, प्रथम श्रेणीमा ४ सय १० ,द्वितिय श्रेणीमा ५ सय ६३  र तृतिय श्रेणीमा २३ जना उत्र्तिण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ  । आशिंक तर्फ ३ जना प्रथम श्रेणी,द्वितिय श्रेणीमा १ सय ४४  र तृतिय श्रेणीमा ५० जना उत्र्तिण  भएका छन् । 
 यस बर्ष जिल्लामा ३ हजार ५३ नियमित र १८  सय ५० जना एक्जेम्टेड गरि जम्मा ४९ सय ३ जना विद्यार्थी रहेकोमा १ सय ६५ जना विद्यार्थी अनुपस्थित भए । 

अन्य समाचारहरु