प्रथम विश्वयुद्ध शुरु भएको एक शताब्दी पूरा

आषाढ १४ । प्रथम विश्वयुद्ध शुरु भएको आज एक शताब्दी पूरा भएको छ । आजभन्दा ठीक सय वर्ष अगाडि सन् १९१४ जून २८ का दिन सरायेभोमा अष्ट्रियाका राजउत्तराधिकारी आर्चड्यूक फ्रान्च फर्डिनैन्ड र उनकी पत्नी सोफीको सर्ब राष्ट्रवादी गैवरिलो प्रिन्सिपले हत्या गरेपछि युद्धको आगो सल्केको थियो ।
यसलगत्तै अघिल्ला छ हप्तामा युद्धको आगोले सारा विश्वलाई नै लपेटिदियो । जर्मनीको समर्थनमा अष्ट्रिया