इराकी विद्रोहलाई नियन्त्रण गर्न रुस र बेलारुसबाट सैन्य सहयोग

आषाढ १३ ।  इराकी प्रधानमन्त्री नूरी अल मलिकीले देशमा बढ्दै गएका विद्रोहलाई नियन्त्रण गर्न रुस र बेलारुससँग सैन्य सहयोग लिन सक्ने बताएका छन् । बीबीसीलाई दिएको अन्तर्वार्तामा मलिकीले विद्रोह नियन्त्रणका लागि दुई देशबाट जेट विमान आउन लागेको बताएका हुन् ।
एक साताभित्र आउने उक्त सहयोगबाट विद्रोही नियन्त्रित क्षेत्र नियन्त्रणमा लिइने अपेक्षा उनको छ । अमेरिकी सैन्य विमान खरिदको प्रक्रिया लम्बिएकाले तत्काल रुससँग सहयोग मागिएको उनले बताए ।
हवाई आक्रमण गर्न ढिलो गर्न नहुने भएकाले आफूलाई बेलायत, फ्रान्स वा रुससँग तत्काल विमान किन्नुको विकल्प नभएको भन्दै उहाँले आईएसआईएस विद्रोह नियन्त्रण गर्न जरुरी रहेको तर्क गरे ।
सुन्नी समुदाय र आईएसआईएसको विद्रोहमा इराकले महत्वपूर्ण शहरहरु गुमाउँदै गएको छ । देशकै दोस्रो ठूलो शहर मोसूललगायत थुप्रैं शहरमा कब्जा जमाइसकेका विद्रोहीले एक महिनाभित्रमा राजधानी बग्दागद नै कब्जा गर्ने धम्की दिइरहेका छन् । विद्रोह नियन्त्रण गर्न इराकले छिमेकी इरानसँग पनि सहयोग लिने भएको छ ।
AGENCIES