काठमाडौँ । राप्रपा नेपालको प्रवक्तामा विष्णु भट्टराई नियुक्त भएका छन् ।
पार्टीको विधान अनुसार केन्द्रीय सदस्य भट्टराईलाई अध्यक्ष कमल थापाले प्रबक्तामा मनोनयन गरेका हुन् । महामन्त्री चन्द्रवहादुर गुरुङले शनिवार विहान जारी गरेको विज्ञप्तिमा पार्टीको प्रवक्तामा भट्टराईलाई मनोनयन गरेको उल्लेख छ ।
यस्तै सहप्रवक्तामा भने केन्द्रीय सदस्य मोहन श्रेष्ठलाई मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठ यसअघि प्रेस विभाग प्रमुख थिए ।
राप्रपाको विधानमा पार्टीको प्रवक्ता र सहप्रवक्ता अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार थापाले उनीहरुलाई जिम्मेवारी तोकिदिएका हुन् । RPP NEPAL