काठमाडौं, आषाढ १४ । नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्याशी बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको १०औं महाधिवेशनबाट नेतृत्व युवा पुस्तामा पुग्ने दाबी गरेका छन् । आज राजधानीमा पार्टीको नवौं महाधिवेशनका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा उनले पूरानो पुस्ताकै आलोपालो प्रणाली र सिण्डिकेट स्वीकार्न नहुने बताए ।
आफ्नो एक कार्यकालपछि स्वतः युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने उनको भनाई थियो । नेता नेपालले कसैको चेतावनीबाट नडराउन समेत प्रतिनिधिहरुलाई आग्रह गरे । अध्यक्षका अर्का उम्मेद्वार नेपा केपी ओलीप्रति संकेत गर्दै उनले जसको भविष्य नै सुरक्षित छैन् उसबाट डराउनु पर्ने कुनै कारण छैन बताए ।
नेपाल पक्षबाट महासचिवमा उम्मेद्वारी दिन लागेका नेता नेता सुरेन्द्र पाण्डेले आपूmहरुले नीतिमा जितिसकेको भन्दै नेतृत्वमा पनि माधव नेपाललाई स्वीकार्नुको विकल्प नभएको धारणा राखे ।
यता, आजै एमालेको नवौ महाधिवेशनमा अध्यक्षका प्रत्याशी संसदीय दलका नेता केपी शर्मा ओलीले पनि आपूmले सकेसम्म छिटो र सहज रुपमा नेतृत्व हस्तान्तरण चाहेको बताएका छन् । आज राजधानीमा स्वास्थ्यमन्त्री तथा एमाले नेता खगराज अधिकारीको आत्मकथा