अर्घाखाँची यात्रा

अनमोल राक्से मगर 
अर्घाखाँची 
बुटबल जान भनि झरे सन्धिखर्क बजार ।
सरर गाडि चड्दै जादा फुदवाड फाटमा पर्‍यो नजर ।।
सालारुख जगतको ढाडो छोड्दै पुग्यो दह खोला ।
घुम्ति पुग्दा मनै घुम्यो नरपानिको चिसो हावा कस्तो होला ।।
चिसो हावा खाँदै खाँदै देउरालि माइको दर्शन गर्यौ ।
साना साना डाडा छोड्दै बुढिचौरको ठाडा दहमा पुगौ ।।
घरको खाना सम्झदै ठाडा अमराईमा खाना खायौ ।
भेडामारे चाक्ला हुँदै जंगल जंगल पथर्कोट पुग्यौ ।।
घरको याद मनमा बोकि हरियाली डाँडाकाडा हेर्दै गोरसिड चोकमा पुग्यौ ।
तेर्सो बाटो सरर बोड गाउँ हेदै बुटवल जाँदा मनको रहर पुग्यो ।।