चितवन, आषाढ १५ । चितवनमा विषालु च्याउ खाँदा चार जना सिकिस्त बिरामी परेका छन् । काउले गाउँ विकास समिति वडा नम्बर ३ हात्तीबाङका एकै परिवारका तीन र छिमेकी एक गरि चार जना बिरामी परेका हुन् । चेपाङ परिवारले हिजो दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए ।
अवस्था बिग्रन थालेपछि उनीहरुलाई भरतपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । बिरामी हुनेमा कल्पना चेपाङ, सुन्तली चेपाङ, कान्छी चेपाङ र छिमेकी खेमबहादुर राना छन् ।
बिरामी परेकामा कान्छीको अवस्था गम्भीर छ । गत वर्ष कविलासको चौकीडाँडाँमा पनि विषालु च्याउ खाँदा एकै परिवारका ५ जना तथा चार वर्षअघि लोथरमा एकै परिवारका सात जनाको ज्यान गएको थियो । IMAGEKHABAR