– डम्बरसिं राई
खोटाङ – जिल्लामा यौनजन्य अपराधका घटना बढ्दै गएपछि जिल्लास्थित महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा दश बालिका सहित १७ जनालाई बलात्कार गरेपछि प्रधानमन्त्री समक्ष आइतबार ज्ञापन बुझाएका हुन् ।
सञ्जालले बलात्कारसम्वन्धी कानुन विभेदपूर्ण भएको भन्दै त्यसलाई अविलम्ब संशोधन गर्न समेत माग गरेको छ । द्रुतन्याय प्रणाली अबिलम्ब गठन गरी बलात्कारबाट प्रभावितहरूसंग सम्बन्धित सबै घटनाहरूको प्रभावकारी फैसला गर्नु पर्ने ज्ञापनमार्फत माग गरिएको छ । द्वन्द्वकालमा भएका सबै खाले यौन हिंसाको अनुसन्धान गर्न उच्च राष्ट्रिय समिति गठन गर्नुका साथै नयाँ बन्ने संविधानमा महिला अधिकार सुनिश्चितता हुनु पर्ने लगायतका विभिन्न दश सुत्रीय माग ज्ञापनमा उल्लेख गरिएको छ ।
जिल्लामा बालिका सहित बलात्कारका घटना बढेपछि महिला आतङ्कीत बनेका छन् । यो वर्ष मात्र जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका १७ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।
प्रहरी असई मनोज यादवका अनुसार जबरजस्ती करणीका १४ र जबरजस्ती करणी उद्योगका तीन वटा घटनाको उजुरी परेकोमा १४ जना पक्राउ परेका छन् । यसमध्ये पुपक्षका लागि थुनामा आठ जना छन् । धरौटीमा चार जना छुटेका छन् भने तारेखमा एक जना छुटेका छन् । सुधार गृहमा एक जना छन् भने अनुसन्धानमा एक जना छन् । उजुरी परेकामध्ये दुई जना फरार छन् । हालै मात्र पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने डाँडागाउँ-१ का २५ वर्षीय किशोर भुजेल सोमबार पक्राउ परेका छन् । उनले स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई छितापोखरीस्थित प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थुनिएको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।
त्यस्तै १४ वर्षीया बालिकामाथि बैशाख-३०गते बलात्कार गर्ने बोपुङका पदमबहादुर सार्की पक्राउ परेका छन् । एक महिलामाथि जेटठ-५ गते बलात्कार गरेको अभियोगमा दिक्तेल-५ का कणर्ाखर आचार्य पक्राउपछि धरौटीमा छुटेका छन् । त्यस्तै बैशाख-२९ गते पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने याम्खा-६ का हर्कबहादुर विक पक्राउपछि पुर्पक्षका लागि थुनामा छन् । बैशाख-१९ गते दश वर्षीया बालिकालाई बलात्कार गर्ने महेश्वरी-९ का राजेन्द्रकुमार रम्तेल भने फरार छन् । फागुन-२६ गते ४५ वर्षीया महिलालाई बलात्कार गर्ने सप्तेश्वर-८ का सन्देश राई पनि पक्राउ परेका छन् । फागुन-२२ गते ६ वर्षीया बालिकालाई बलात्कार गर्ने खार्मी-८ का नविन राई पनि थुनामा छन् । माघ-२९ गते १४ वर्षीया किशोरीलाई बलात्कार गर्ने बाक्सिला-७ का कर्णबहादुर बस्नेत पनि थुनामै छन् । कात्तिक-३ गते १८ वर्षीया युवतीलाई हातपात गरेको भन्दै टेम्मा-५ का खगेन्द्र बिसङ्खेले थुनाबाटै करणी उद्योगमा मुद्दा खेपिरहेका छन् ।
करणी उद्योगमै चिसापानी-८ का रामबहादुर बुढाथोकीले पनि थुनाबाटै मुद्दा खेपिरहेका छन् । उनले असोज-१८ गते १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको भन्दै मुद्दा दायर भएको थियो । भदौ २७ गते १७ वर्षीया युवतीलाई बलात्कार गर्ने बाकाचोल-५ का भक्तकुमार राई अदालतमा हाजिरपछि ४०हजार धरौटीमा छुटेका छन् । भदौ-११ गते चार वर्षीया बालिकालाई बलात्कार गर्ने पाथेका-९ का हर्कमणि खड्का पनि तारेखमै छुटेका छन् । साउन-१९ गते चार वर्षीया बालिका बलात्कार गर्ने बाकाचोल-२ का रमेशकुमार पुरी भने फरार छन् । भदौ-१ गते चार वर्षीया बालिका बलात्कार गर्ने खार्तम्छा-७ का आशधन वि पक्राउपछि बालसुधार गृहमा पठाइएको छ ।
साउन-१२ गते एक महिलालाई बलात्कार गर्ने चिउरीडाँडा-९ का प्रेमबहादुर पाण्डे थुनामा छन् । साउन-११ गते एक युवतीलाई बलात्कार गर्ने दिक्तेल-३ का परशुराम आचार्य पक्राउपछि ७० हजार धरौटीमा छुटेका छन् । असार-२८ गते दश वषर्ीया बालिकालाई बलात्कार गर्ने राखावाङ्देल-४ का जापान राई पनि पुर्पक्षका लागि थुनामा छन् ।