अर्घाखाँचीमा रोपाइ प्रभावित-कतै रोपाईं भएन, कतै खेताला पाइएन

– प्रेमनारायण आचार्य
समयमा मनसुन सुरु नहुँदा रोपाई गर्ने बेलामा किसानहरु समस्यामा छन् । अघिल्ला वर्ष रोपाईं गरिसकेका किसानहरु अहिले विउ राख्न र राखेको विउ जोगाउने समस्याले चिन्तित छन् ।
विउ राखेकाहरुको ब्याड सुक्न थालेको छ । विउ सुक्नबाट जोगाउन रातभर पानीको पालो कुर्दा सुत्न नपाउने किसान बाबुराम पाण्डेले बताउनुभयो । 
अर्घाखाँचीमा धान खेती हुने ८ हजार १ सय ८९ हेक्टर क्षेत्रफलमध्ये सोमबारसम्म १० प्रतिसत अर्थात ८ सय १९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइ भएको कृषि कार्यालयका निमित्त प्रमुख शरद पाण्डेले बताउनुभयो ।
खोलाको छेउछाउ र पानीको सुविधा भएका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । तर खेताला पाउन समस्या भएको किसानहरु बताउँछन् । युवाहरु सहर र विदेश जाने क्रम बढेकाले धेरै श्रमशक्ति चाहिने रोपाईंमा किसानहरु समस्यामा परेका छन् । खेत रोप्न अहिले अधिकांस बालबालिका, महिला र बृद्धाहरु मात्र जुटेका छन् ।
खेताला पाउन मुश्किल भएपछि ज्याला पनि बढेको छ । पुरुषको ज्याला ३ सय ५० देखि ५ सय र महिलाको ज्याला २ सय ५० देखि ४ सय रुपैयाँसम्म छ । खेतला नपाएर समयमा रोपाई गर्न नसकेका डिभर्नाका कुलबहादुर कुँवर भन्नुहुन्छ

अन्य समाचारहरु