प्रधानमन्त्री कोइरालाको रेडियोथेरापी सुरु – पाँचदेखि सात दिनसम्म गरिरहनु पर्ने

प्रधानमन्त्री सुशील कोइरालाको रेडियोथेरापी बुधबारदेखि सुरु हुने भएको छ ।
फोक्सोमा देखिएको दाग क्यान्सर भएको पुष्टी भएपछि रेडियोथेरापी पद्धति मार्फत उपचार गर्न लागिएको हो ।
अमेरिकाको न्यूयोर्कमा रहेको स्लोन केटरिङ क्यान्सर अस्पतालमा उहाँको उपचार भैरहेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार पाँचदेखि सात दिनसम्म रेडियोथेरापी हुनेछ ।
त्यसपछि केही दिन आराम गर्नुपर्ने चिकित्सकले बताएका छन् । फोक्सोमा दाग देखिएपछि चिकित्सकको सुझाव अनुसार उपचारका लागि प्रधानमन्त्री कोइराला असार २ गते अमेरिका जानुभएको थियो ।

जानकारी । तपाईंका समाचार सामाग्री, सुझाव व अन्य केही भए हामीलाई umakantapandey@sandhikharka.com मा ईमेल गरी पठाउन सक्न्नुहुनेछ । – अर्घाखाँची डट्कम