अर्घाखाँचीमा पनि प्रभाव : पशु सेवा कार्यालयका कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

– अर्जुन भुसाल 
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनले गरेको आन्दोलनले पशु सेवा कार्यालयको काम काज ठप्प हुँदा यहाँका  सेवाग्राही मर्कामा परेका छन् । 
एशोसिएसनले देशव्यापी रुपमा असार १५ गते देखि आन्दोलनका कार्यक्रम र्सार्वजनिक गरेको छ । 
जिल्ला पशु सेवा कार्यालयमा सेवा लिन आउने सोवाग्रही  कर्मचाहरुरीको आन्दोलनका कारण सेवा लिनबाट बञ्चित बनेका छन् । 
एशोसिएसनले पशु कार्यालय र यस सँग सम्वन्धित निकायको सेवा प्रवाहमा रोक लगाएको छ ।
पशु चिकित्सा परिषद ऐन २०५५ को परिमार्जित एककिृत मस्यौदा २०७० तत्काल लागु गनुएपर्ने, असक्षम र विभेदकारी काउन्सीलका पदाधिकारीहरुले राजीनामा गर्नुपर्ने, पशु सेवा विभागका महानिदर्शेकले राजीनामा गर्नुपर्ने, भटेरीनरी डाक्टरहरु गाउँगाउँमा सेवा गर्न जानुपर्ने,  एक गाविस एक भेटेरिनरी प्राविधिकको व्यवस्था गर्नु पर्ने, कृषि र पशुपालनको क्षेत्रमा वजेट वृद्धि गर्नुपर्ने, ५ प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था गर्नुपर्ने लगायतका नौं सुत्रीय मागहरु राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रीएका छन । 

अन्य समाचारहरु