नरपानी बस दुर्घटनाका मृतक परिवारले अझै क्षतिपुर्ती पाएनन्

– अर्जुन भुसाल 
जिल्लाको  नरपानी गाविस वडा नं. ५ मा बस र ट्रक एकआपमा ठोक्किएर दर्ुघटना हुँदा  ज्यान गुमाएका १८ जनाले अझै क्षतिपर्ूर्ति पाएका छैनन् । 
गत वैशाख १७ गते नरपानी – ५  जगतको मोडमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना  हुँदा १८ जनाले ज्यान गुमाएका थिए । 
दुर्घटना भएको दुई महिना वितिसक्दा  पनि  क्षतिपुर्ती नपाउँदा मृतकका आफन्त चिन्तित बनेका छन् । ट्रक र बस समितिको असमझदारीका कारण क्षतिपर्ूर्ति नपाउँदा  आफन्त गुमाएर पिडामा  रहेकालाई थप पिडा थपिएको छ ।  
सन्धिखर्कबाट बुटवलको लागी छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट ग्यासका सिलिन्डर बोकेर  सन्धिखर्क आउँदै गरेको  लु १ ख ७८२५ नम्बरको ट्रक ठोक्किएर दर्ुघटना हुँदा  दुवै क्षत्रि्रष्त भएका थिए । बस खसेको केहि समय पछि मात्र ट्रक सडकबाट खसेको थियो । ट्रकमा रहेका सिलिन्डरले लागेर अधिकांशले ज्यान गुमाएका थिए । बस र ट्रक सडकबाट करिव सवा सय मिटर तल खोल्सामा खसेका थिए ।  ट्रक चालक ठाडा पथ्थरकोटका दिलबहादुर खड्का  भने अझै फरार छन् । दुर्घटनामा घाइते भएकाको खर्च  पश्चिमाञ्चल बस व्यवसायी समितिले व्यहोरेको छ ।  मृतकका परिवारलाई  क्षतिपर्ूर्ति दिने विषयमा भने बस समिति र ट्रक समिति बीच कुरा मिल्न सकेको छैन ।
 बस समितिले ट्रकले तिर्नुपर्ने बताएको छ भने ट्रक समितिले ट्रक  चालकको लाइसेन्स नभएका कारण क्षतिपर्ूर्ति दिन नसक्ने बताएको छ । ट्रक चालकको लाइसेन्स भए नभएको बारे समिति प्रष्ट हुन सकेको छैन । ट्रक धनी पिताम्मर सेजवालले चालकले आफूलाई लाइसेन्स देखाएकाले ट्रक चलाउन दिएको बताए । मृतकका परिवार क्षतिपर्ूर्तिको माग गर्दै पटक पटक जिल्ल्ाा प्रशासन कार्यालय धाएका छन् । प्रशासनले दुवै पक्षलाई राखेर छलफल चलाए पनि दुवैले आ-आफ्नो अडान नछाडेपछि सहमति कायम हुन सकेको छैन ।
 जिल्ला प्रशासनमा बसेको र्सवपक्षिय वैठकले किरीया खर्च स्वरुप ट्रक धनीले मृतक परिवारलाई २५ हजार रुपौयाँका दरले रकम दिनुपर्ने निर्ण्र्ाागरेको छ । तर मृतक परिवारले २५ हजार मात्र नबु∆ने बताएका छन् । उनीहरुले सम्पर्ूण्ा रकम एकमुष्ट बुझने बताए । मृतक परिवारका दामोदर बञ्जाडेले यतिका समय सम्म नदिएपछि अब किरिया खर्च मात्र नबुझने बताए । ‘हामी धेरै पटक क्षतिपर्ूर्तिका लागि धायौं’ उनले भने, ‘दुवै समितिले कुरा नमिलाउँदा हामीहरु  अन्यायमा पर्‍यौं ।’ उनले छिट्टै क्षतिपर्ूर्ति नदिए आन्दोलन गर्ने चेतावनी दिए । ‘किरीया खर्च शव सँगै दिनुपर्ने कानूनी प्रावधान छ’ उनले भने, ‘एकमुष्ट रकम नदिएसम्म हामी किरीया खर्च मात्रै वुझदैनौं ।’ 
ट्रक धनी सेजवालले भने आफूलाई सबै पैसा तिर्न लगाएर अन्यायमा पारेको बताए । ‘राजनीतिक दलका नेता समेत बसेर मलाई सबै पैसा भर्न लगाए’ उनले भने, ‘मैले आफू माथि  अन्याय भएको महसुस गरेको छु ।’ प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले ट्रक धनीले आफै खुसी राजीले किरीया खर्च भर्न तयार भएको बताए ।
 ‘ट्रक समितिले के भन्यो र उनले आफै तिर्छर्ुुने त्यो हामीलाई थाहा छैन’ उनले भने, ‘कसैले दवाव दिएको होइन ।’ ढकालले दुबै समिति बीच सहमति जुटने अवस्था नरहेपछि राजनीतिक दललाई समेत बोलाएर छलफल गरेका थिए । उनले  ट्रक चालकको लाइसेन्स भएको खुल्न नआएकोले समस्या भएको बताए । उनले दुबै समिति बसेर व्यवहारिक पाटोमा रहेर सहमति गर्दा राम्रो हुने बताए । ‘अदालत सम्म जाँदा धेरै समस्या आउन सक्छन’ उनले भने, ‘यसले मृतक परिवारलाई  क्षतिपर्ूर्ति दिलाउन ढिला हुन्छ ।’ 
 प्रहरी इन्सपेक्टर गोविन्द पन्थीले बस र  ट्रकका दुबै समिति गैर जिम्मेवार बनेको बताए ।  आपसी किचलोका कारण मृतकका परिवारले दुःख पाएको उनले  बताए । ‘बस र ट्रक  दुबैको जिम्मा दिलु पर्छ’ उनले भने, ‘कोहि पनि उम्कने काम गर्नु राम्रो होइन ।’ उनले अनुसन्धानको क्रममा ट्रक चालकको लाइसेन्स भएको खुल्न आएकोले कोही पनि आफ्नो जिम्म्ोवारीबाट पन्छिन नहुने बताए । नेपालको कानूनमा पचास लाख भन्दा माथीको दर्ुघटना बिमा छैन । जती ठुलो दर्ुघटना भएपनि पचास लाखमा सबैलाई उम्काउनु पर्छ । त्यस भन्दा माथिको खर्च भने समितिले व्यहोर्नु पर्छ । नरपानी दर्ुघटनामा पचास लाख घाइतेहरुलाई उपचार गर्दानै सकिएको छ । 
यो दर्ुघटनाको हकमा ट्रक चालकको लाइसेन्स नभट्टीएका कारण ट्रकको  पचास लाख आउने संभावना पनि कम छ । पश्चिमाञ्चल बस व्यवासयी समितिका अध्यक्ष दधिराम खरेलले आफूहरु सहमति गर्नबाट नभागेको बताए । उनले ट्रक समितिनै सहमति गर्न बाट पञ्छिएको आरोप लगाए । ‘हामीहरु सबैलाई मान्य हुने खालको सहमति गर्ने पक्षमा छौं’ उनले भने, ‘ट्रक समितिले सहमति गर्न चाहेको छैन ।’ पश्चिमाञ्चचल ट्रक समितिका अध्यक्ष गणेश पन्तले बसमा सवार रहेका यात्रुको मृत्यु भएकोले  बस समितिले  जिम्मेवारी लिनु पर्ने बताए । ‘यस विषयमा म सँग भन्दा पनि जिल्ला प्रशासनमा वुझनुहोस’  टेलीफोनमा उनले  भने ।  

अन्य समाचारहरु