प्रधानमन्त्री कोइरालाको रेडिएसन थेरापी जारी-डाक्टरको सल्लाहपछि भीडभाड र ‘फोटो सेसन’ बन्द

प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर देखिएपछि सुरु भएको रेडिएसन थेरापी शनिबार चौथो दिन पनि जारी रहेको छ । प्रधानमन्त्रीले आफ्नो बारेमा चिन्ता नगर्न भन्दै चाँडै स्वदेश र्फकने जनाएका छन् । उनको थेरापी आइतबार सकिँदैछ ।
अमेरिकाको न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा उपचार गराइरहेका कोइरालाको थेरापी सहजरुपमा भइरहेको र चिकित्सकाको चेतावनीपछि भेटघाट तथा भीडभाड बन्द गरिएको प्रधानमन्त्रीकी सहयोगी मृदुला कोइरालाले जानकारी दिएकी छन् ।