– वीरेन्द्र केसी
वैशाख १७ गते नरपानीमा बस र मिनि ट्रक ठोक्किएर दुर्घटनामा परेका मृतकका आफन्तले दुई महिना बितिसक्दा पनि राहत पाएका छैनन् । ट्रक र बस समितिको विवादका कारण मृतकका परिवारले किरिया खर्च समेत पाएनन् ।
सन्धिखर्कबाट बुटवल हिडेको लु १ ख ६२३१ नम्बरको बस र विपरित दिशाबाट खाना पकाउने ग्यास बोकेर आएको लु १ ख ७८२५ को ट्रक मोडमा एक आपसमा ठोक्किएपछि सड्कबाट तल खसेका थिए । दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए । २३ गंभिर र्घाईते भएका थिए । पश्चिमाञ्चल ट्रक व्यावसायी समिति र पश्चिम नेपाल बस व्यावसायी संघले दुर्घटनाको दोष एक अर्कालाई लगाई दुवै उम्किन खोजेका छन । ‘अहिलेसम्म एक पैसा पाईएको छैन’, मृत्यु भएका वाङगला डा. विष्णु आचार्यका आफन्त सुदिप आचार्यले भने, ‘जिल्ला प्रशासनमा बारम्बार दलका नेता सहित बैठक बसेपनि कुनै टुंगो लाग्न सकेन ।’ ट्रकले बसको गल्ती हो भन्ने र बसले ट्रकको गल्ती हो उसैले दिन्छ क्षतिपुर्ती भनेर दुवै उम्किन खाजेकाले समस्या भएको उनले बताए । अहिलेसम्म छलफलबाट टुंगो लागेन । ‘बैठकमा आफन्तहरु ऋण खोजेर आएका छन’, उनले भने, ‘आफन्त गुमाएको पीडा खपिनसक्नु छ, त्यसमा पनि थप पीडा दिन खोजिए आन्दोलन गछौ ।’ अर्घर्ाा