सन्धिखर्कको घट्टेटारीमा वार्षिक दश लाखको लिची उत्पादन

अर्जुन भुसाल 



सन्धिखर्क, अर्घाखाँची असार २४  ।  सन्धिखर्क नगरपालिका वडा नं. २ घट्टेटारीका पिताम्मर रायमाझीले वार्षिक ४ लाखको लिची उत्पादन गर्छन । उनी जिल्लामै सबै भन्दा धेरै लिची उत्पादन गर्ने कृषक हुन । उनको घरपरिपरी करिव ५०-७० ओटा लिचीका बोटहरु छन् । सबैजसो बोटहरु लटरम्मै फलेका छन् । फलको भारले हागा भाचिने अबस्थामा छन् । लिची पाकेर रातै छ । उभिएर धेरै बेर  हेरीरौं जस्तो छ  । बारी पारीबाट पनि निकै रमणिय देखिन्छ उनको लिची बगैंचा ।

 



पिताम्मर रायमाझीको बारीमा फलेको लिची

 

रायमाझीलाई अहिले  लिची डटिप्न भ्याइनभ्याइ छ । उनी फलफुल खेतीबाटै घर खर्च चलाइरहेका छन् । फलफुल खेतीको आम्दानीबाट छोरा छोरीको शिक्षा दिक्षामा निकै ठुलो सहयोग मिलेको बताए । उनका दुई छोरा र चार छोरी छन् । दुइ छारा इन्जिनियर छन । जेठी र साइली  छोरीले विए पास, माइली स्टाफनर्स, र कन्छी छोरीले एमविए पास गरेर सबैले जागिर खाएको बताए । म घर घडेरी किन्ने पक्षमा रहेन उनले भने, कृषिबाट भएको आम्दानीले छाराछोरीलाई राम्रो शिक्षा दिक्षा दिए ।



उनी विहान देखि बेलुका सम्म वगैंचामै लिची टिप्न व्यस्त हुन्छन् । लिची बजारसम्म पु-याउनु पनि पर्दैन । घरमै आएका सन्धिखर्कका व्यपारीले लिची खरिद गर्छन । दिनको दुइ- तिन क्युन्टल सम्म लिचि घरबाटै बेच्छन । बोकेर बजार  जानु पदैन उनले भने, व्यापारी घरमै आउँछन । उनले यस वर्ष राम्रो फलेकाले आम्दानी पनि वढ्ने आशा लिएको बताए । उनी  २०३७ सालमा ५० ओटा लिचीका विरुवा लगाएर लिची खेती सुरु गरेको स्मरण गर्छन । 



तत्कालिन जिल्ला पञ्चायत अन्र्तगतका  कृषि प्राविधिक जे.टिको सल्लाह अनुसार फलफुलका विरुवा रोपेको उनले बताए । उनी कहाँ करिव एक सय ओटा आँपका फल दिने रुख पनि छन । आँपबाट पनि बार्षिक ढाई तिन लाख आम्दानी गर्ने उनी बताउँछन । फलफुलबाट बार्षिक छ लाख आम्दानी गर्ने उनले बताए । त्यत्ति बेलाका कृषि प्राविधिक टिकारामजीले मलाई विरुवा लगाउन प्रोत्साह गर्नु भयो उनले भने, यो सबै उहाँकै देन हो ।



अहिले बजारमा लिचीको माग निकै वढदो छ । रायमाझीले घरबाटै ७० रुपौयाँ प्रति किलोमा लिची बेचिरहेका छन् ।  बजारमा भने १ सय देखि १ सय २० रुपौयाँ सम्म पर्छ । उनी लिची फलफुल भरीमा सबै भन्दा उत्कृष्ट भएको उनी बताउँछन् ।  अधिकांश फलफुलमा विषादीको प्रयोग हुन्छ उनले भने, लिची औषधि र विषादीको प्रयोग बिना उत्पादन हुन्छ ।



उनी लिची खाँदा स्वास्थ्यलाई पनि फाइदा हुने बताए । उनी मात्र नभएर घट्टैटारीका करिव एक दर्जन कृषक कहाँ लिची उत्पादन हुन्छ । यहाँ सबैले लिची बिक्री गर्छन । बार्षिक एक लाख देखि ५०-६० हजारको लिची सबैले बिक्री गर्छन । यो गाउँमा वार्षिक दश लाखको लिची उत्पादन हुन्छ ।  

अन्य समाचारहरु