प्रधानमन्त्री सुशील कोइरालाको पांचौपटक रेडियो थेरापी गरियो-अर्को हप्ता स्वदेश फर्कने

प्रधानमन्त्री सुशील कोइरालालाई पाचौपटक विकिरण पद्धतिद्वारा गरिने उपचार रेडियो थेरापी दिइएको छ ।उहाँका निजी चिकित्सक डा. करविरनाथ योगीका अनुसार चौथो पटकको रेडियो थेरापी पनि सहज ढंगले सम्पन्न भएको छ ।
उहाँको बुधबार पाचौं पटकको रेडियो थेरापी लिईएको छ । उहाँको उपचारमा संलग्न चिकित्सकहरुले पाँचौ पटकसम्म रेडियो थेरापी लिनुपर्ने सुझाव दिएका थिए । डा. योगीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो  छ । पाँचौ पटकको रेडियो थेरापी सम्पन्न भएपछि उहाँको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अवस्थाको पुनरावलोकन गर्नेछन् ।
चिकित्सकहरुको सल्लाहपछि मात्र उहाँको नेपाल फर्कने समय तय हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कमा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भैरहेको छ ।
अर्को हप्ता स्वदेश फर्कने 
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार गराएर अर्को हप्ता स्वदेश फर्कने हुनुभएको छ ।
अमेरिकाको न्यूयोर्कमा रहेको मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा विगत तीन हप्तादेखि उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइराला अर्को हप्ता स्वदेश फर्कनु हुने भएको हो ।
प्रधानमन्त्री कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रधानमन्त्रीका निजी चिकित्सक कवीरनाथ योगीले बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री कोइराला उपचारका लागि यही असार २ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाको बुधबार पाचौं पटकको रेडियोथेरापी सकिएको छ । पाँचौ पटकको रेडियो थेरापी सम्पन्न भएपछि उहाँको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अवस्थाको पुनरावलोकन गर्नेछन् ।
कोइरालाको उपचारको क्रममा नायिका मनिषा कोइराला , म्रिदुल कोइराला लगायत उनका आफन्तजनले हेरबिचार गरिरहेका छन । चिकित्सकहरुको सल्लाह अनुसार प्रधानमन्त्री यही असार २ गते स्वास्थ्योपचारको लागि अमेरिका प्रस्थान गर्नुभएको थियो ।

जानकारी । तपाईंका समाचार सामाग्री, सुझाव व अन्य केही भए हामीलाई umakantapandey@sandhikharka.com मा ईमेल गरी पठाउन सक्न्नुहुनेछ । – अर्घाखाँची डट्कम