“स्कुलको जग्गा अतिक्रमण गरी घर बनाएर बसेका नायिका नन्दिता के.सीको परिवारलाई पनि तत्काल हटन प्रशासनको निर्देशन, नहटे डोजर लगाएर भत्काइने”
– वीरेन्द्र केसी
नरपानी, अर्घाखाँची । नरपानी स्थित भृकुटी निमाविको जग्गा अतिक्रमण गरी घर बनाएर बसेकालाई तत्काल हटन प्रशासनले निर्देशन दिएको छ । सन्धिखर्क-गोरुसिंगे सडकमै रहेको करोडौ मुल्य पर्ने जग्गामा १४ जनाले पक्की घर बनाएर बसेका छन ।
नरपानी स्थित भृकुटी निमाविको स्वामित्वमा रहेको जग्गामा निर्माण भएका पक्की घर ।
स्कुलको १ सय ७ रोपनी मध्ये १५ रोपनी जग्गा अतिक्रमणमा परेको छ । घर बनाउनेमा दलका नेता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित पहुचवाला व्यक्ति छन । २०४५ सालदेखी घर निर्मँण भैरहेका छन । स्कुलको जग्गामा निर्माण भएका घर तत्काल हटाउन प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले निर्देशन दिएका छन । स्कुलको स्वामित्वमा रहेको जग्गा सरकारी हो, नरपानीमै पुगेर घरवालालाई उनले भने, यसमा व्यक्तिले पक्की घर बनाएर बस्नु गैरकानुनी हो । सडक जोडिएको र गाउँको केन्द्रविन्दु भएकाले जग्गाको भाउ प्रतिहातको एक लाख रुपैया पर्छ । २०३० सालमा दुई वर्ष अस्थायी सदरमुकाम समेत बसेको थियो । नैतिकताका आधारमा पनि सरकारी जग्गामा घर बनाउनु हुदैन, उनले भने, तत्काल नछाडे कानुन अनुसार हटाईन्छ, यसमा स्कुल नै गैरजिम्मेवार बनेको दखियो । पक्की घर बनाएर बसेपनि राज्यले चाहे जति बेला पनि डोजर लगाएर भत्काउन सक्ने भएकाले नैतिककताका आधारमा आफै छाडन उनले घरवालाहरुलाई आग्रह गरे । उनले यसबारे आवश्यक छानविन गरेर नहटे कानुनी बाटो अपनाउने दावी गरे । नेता र पहुचवाला व्यक्ति भएकाले कुरा उठाएर डरत्रासले बस्न नसकिने अवस्था रहेको ती व्यक्तिले बताए ।
मालपोत अधिकृत झविलाल भटराईले कानुनत स्कुलको जग्गा व्यक्तिको नाममा पास गर्न नमिल्ने बताए । उनले यसरी बस्नु कानुनी राज्यको खिल्ली उठाएउने काम भएको र कब्जा गरेर बस्न नपाईने बताए । स्कुलको जग्गामा मनोमानि घर बने, प्रअ मिनबहादुर महत्राले भने, २०४५ साल देखी नै घर बनेका छन, मैले एक्लै हटाउन सक्दैन । अतिक्रमण गरी पक्की घर बनाउने मध्येमा काग्रेस नरपानीका सभापति ओमबहादुर थापा, पुर्व प्रअ र पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर के.सी र वर्तमान अध्यक्ष भीमबहादुर भण्डारीले दुई तले पक्की घर नै बनाएका छन । थापा पनि स्कुलका पुर्व अध्यक्ष हुन भने केसी नायिका नन्दिता केसीका वुवा हुन, भण्डारी एमाओवादीका जिल्ला नेता हुन । नाताले भण्डारी के.सीका छोरी ज्वाई हुन । केसीले आफुपछि ज्वाईलाई स्कुलको अध्यक्ष बनाएका थिए । दुवैको घर जोडिएको छ ।
आफु नजिकका ११ जनालाई थापा र केसीले जग्गा दिलाईदिएको गाउँलेले बताए । स्कुलको जग्गामा घर बनाएर बस्ने यो गाउँका नेता, धनी र पहुचवाला हुन, एक गाउँलेले भने, कसैले कुरा उठाउन सक्दैन डर त्रासका कारण सबै तै चुप मै चुप भएर बस्ने हो । स्कुलको जग्गा अतिक्रमण गरेर किन बसेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा काग्रेस सभापति थापा आक्रोशित भए । सबै गाउँलेले सहमती गरेर बस्न दिएका हुन, कसरी अतिक्रमण भयो, उनले भने, वषौ देखी बसेका छौं कसरी छाडने ? । विशेष नापी कार्यालय प्रमुख नापी अधिकृत नारायण रेग्मीले पुरानो रेकर्डमा १४ वटै घर स्कुलको जग्गाको स्वामित्वमा देखिएकाले व्यक्तिको नाममा पुर्जा दिन नमिल्ने बताए ।