आषाढ ३१ । अफगानिस्तानको पूर्वी पाक्तिका प्रान्तको एक व्यस्त बजारमा गराइएको विष्फोटमा परी कम्तिमा ८९ जना मारिएका छन् । घाइतेमध्ये ४२ भन्दा बढीलाई उपचारका लागि अस्पताल लगिएको छ ।
अर्गुन जिल्लाको बजारमा चार पांग्रे सवारी साधनमा आएका आक्रमणकारीले विष्फोटक पदार्थ विष्फोट गराएको स्थानीय अधिकारीहरुले जनाएका छन् । विष्फोटको समयमा बजारमा ठूलो संख्यामा मानिसहरु किनमेलमा व्यस्त थिए ।
पाकिस्तानको हिंसाग्रस्त आदिवासीहरु बसोबास गर्ने क्षेत्रसँग पाक्तिका प्रान्तको सीमा जोडिएको छ । तुलनात्मक रुपमा पाक्तिका शान्त क्षेत्र मानिएपनि पछिल्लो समय त्यहाँ हक्कानी लडाकु समूहले आफ्नो गतिविधि सुरु गरेको थियो । (एजेन्सी)