राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आधिकारिकता विवाद: लोकेन्द्रबहादुर चन्द पक्ष न्याय माग्दै अदालत जाने

काठमाडौं, श्रावण ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आधिकारिकता विवादमा पशुपति शमशेर राणालाई नै मान्यता मिलेसंगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पक्ष न्याय माग्दै अदालत जाने भएको छ ।
राप्रपाको अक्ष्यक्ष आफू भएको दावीसहित चन्दले निर्वाचन आयोगमा दिएको निवेदनलाई आयोगले अवैध मानेपछि चन्द पक्ष न्याय माग्दै अदालतको ढोका ढक्ककाउन वाध्य भएको केन्द्रीय सदस्य धुव्रबहादुर प्रधानले बताए । उनले निर्वाचन आयोगले गहिरिएर अध्ययन नगरेको आरोप लगाए ।
राप्रपा महाधिवेशनले चक्रिय प्रणाली अनुसार सूर्यबहादुर थापापछि लोकेन्द्रबहादुर चन्द अध्यक्ष हुनुपर्ने दावी चन्द पक्षको रहँदै आएको छ । शक्तिमा बस्नेले कार्यकर्ताको निर्णयको अवमुल्यन गरेको भन्दै केन्द्रीय सदस्य प्रधानले अब भण्डाफोर अभियान पनि संगसंगै गरिने बताए । IMAGEKHABAR