श्रावण २ । इजरायलले गाँजामा सक्रिय प्यालेष्टाइनको लडाकु समूह हमासविरुद्ध स्थलगत कारबाही सुरु गरेको छ । हमासविरुद्ध हवाई कारबाही गर्दै आएको इजरायलले स्थलगत कारबाही पनि थालेको हो ।
दुबै पक्षबीच युद्धबिराम गराउने प्रयास भइरहेको बेला इजरायलले स्थलगत कारबाही थालेको हो । इजराएली सेना स्थलमार्ग हुँदै गाँजापट्टीतर्फ अगाडि बढेका छन् ।
इजरायलले गाँजापट्टीमा १० ओटा बख्तरबन्द गाडी तैनाथ गरेको छ । इजरायलले गाँजापट्टीमा जमीनबाट मार हान्न सक्ने रकेट प्रहार गर्दा केही सर्वसाधारण घाइते भएका छन् ।
आक्रमण अगाडि इजरायलले गाजामा रहेका सम्पूर्ण सञ्चारकर्मीहरुलाई खुलेआम नहिंडी आफ्नो सुरक्षा आफैं गर्न अपील गरेको थियो । गत जुलाई ८ यता इजरायली हवाई आक्रमणमा मारिनेको संख्या २ सय २७ पुगेको छ । (एजेन्सी)